नियम ६७
सुरक्षण नहुने
: नियम ६६ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको बचत तथा कर्जाको रकम बचत तथा कर्जा सुरक्षण कोषले सुरक्षण गर्नेछैन :-

(क) संस्थाले गैरसदस्यसँग लिएको बचत तथा गैरसदस्यलाई दिएको कर्जा,

(ख) _ सम्पत्ति शुठ्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी प्रचलित कानून अन्तर्गत जारी निर्देशन बमोजिम सदस्य पहिचान तथा सम्पुष्टि नगरी सदस्यबाट लिएको बचत तथा त्यस्तो सदस्यलाई दिएको कर्जा,

(ग) ऐन, यस नियमावली, विनियम तथा संस्थाको आन्तरिक कार्यविधिका व्यवस्था विपरीत सङ्कलन गरिएको बचत वा प्रदान गरिएको कर्जा ।